काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्।
प्रतिकृया दिनुहोस