कोरोना संक्रमणबाट धरानमा २ जनाको मृत्यु

Coronavirus death body

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सप्तरीको राजविराज -३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी –१खका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएपछि ७० वर्षीय वृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो । उनलाई भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

मोरङको कानेपोखरी –१ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ८ः३० बजे उपचारको क्रममा मृत्यु भएको छ । असोज ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आईसीयू कक्षमा भर्ना भएका उनको आन्द्रामा क्यान्सर भएपछि अपरेशन गरिएको थियो ।

अपरेशन पश्चात उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको र असोज ८ गते स्वास्थ्य प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई स्थानन्तरण गरिएको थियो । अस्पतालका अनुसार उनको शरीरको अन्य भागमा समेत क्यान्सर फैलिसकेको थियो ।

अपरेशन पश्चात ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै निमोनियाको समेत लक्षण देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...