भेटियो भाइरसलाई खाने सुक्ष्म जीव, के सत्य हो त ? यस्तो छ अध्ययन रिपोर्ट

Viras khane jib

सिंगो विश्व कोरोना भाइरस संक्रमणको महामारीसंग संघर्षरत छ । भाइरस मार्ने औषधि नपाउँदा कोरोना संक्रमणले उग्र रुप लिएको हो । तर यही बीचमा एउटा सुखद खबर आएको छ । वैज्ञानिकहरुले भाइरस खाने सुक्ष्म जीव फेला पारेका छन् ।

वैज्ञानिकहरुले पाएको यो सफलताले केही आसा जगाएको छ । वैज्ञानिकहरुले फेला पारेको यो जीवले विभिन्न प्रकारका भाइरस खान्छ । उनीहरुले बताए अनुसार यो सुक्ष्म जीवको खाना भनेकै भाइरस हो । यो जीव ब्रम्हाण्डकै पहिलो जीव हो, जसले भाइरस खान्छ । वैज्ञानिकहरुले कैयौं पटकको परीक्षण पश्चात यस्तो घोषणा गरेका हुन् ।

भाइरस खाएर बाँच्ने यो सुक्ष्म जीव स्पेनको क्याटोलिना नजिक रहेको माइनको खाडी र भूमध्य सागरमा फेला पारेको हो । वैज्ञानिकहरुले यो सुक्ष्म जीवलाई प्रोटिस्ट्स भन्ने नाम दिएका छन । प्रोटिस्ट्सको अध्ययन गर्ने क्रममा वैज्ञानिकहरुले दुई प्रकारका समुह फेला परे । जसलाई चोआनोजेंस र पिकोजोंस भनिन्छ ।

यी दुईका डिएनएमा सामान्य फरक भेटियो । मेन शहरकी बासिन्दा बिग्लो ल्याबोरेटोरी फर ओसन साइन्सेजका अनुशन्धानकर्ता तथा यो शुक्ष्म जीवको खोज गरेकी जुलिया ब्राउनका अनुसार यो जीवको डिएनए अन्य कुनै पनि जीवसंग मिल्दैन । उनले भनिन, ‘मानिस, जीवजन्तु तथा बनस्पतिलाई समस्यामा पार्ने भाइरस खाने जीव भेटिएको छ ।’

प्रोटिस्ट्सको अध्ययका सम्बन्धमा ब्राउनले अगाडी भनिन, ‘सुरुमा प्रोटिस्ट्सलाई भाइरस संक्रमण भएको जस्तो देखिएको थियो । तर गहन अध्ययन गर्दै जाँदा यसले भाइरसलाई निलेर पचाएको तथ्य फेला पर्यो ।’ यो अनुशन्धानको रिपोर्ट फ्रन्टियर्स इन माइक्रो बायोलोजी नामक पत्रिकामा प्रकाशित भएको छ ।

भियना युनिभर्सिटीको माइक्रोबियल इकोलोजिस्ट क्रिश्चियन ग्रीबलर भने भाइरस कुनै सुक्ष्म जीवको पेटमा गयो भन्ने विषयमा विश्वस्त हुन सकिरहेका छैनन । उनले भने, ‘भाइरसले त हमला गर्छ । त्यसलाई खान गाह्रो हुन्छ । यस बारेमा अझै गहन अध्ययन गर्न जरुरी छ । यदी यो सुक्ष्म जीवले वास्तवमै भाइरसलाई खान्छ भने यो निकै खुसीको कुरा हो ।’

प्रोटिस्ट्सले खाने आहाराको श्रृंखला अर्थात फुड चेनका बारेमा प्राप्त भएको नयाँ जानकारीले वैज्ञानिकहरुलाई निकै खुसी तुल्याएको छ । प्रोटिस्ट्सले आफ्नो न्युक्लियसमा डिएनए राख्छ । जसलाई युकारियोट्स भनिन्छ ।

युकारियोट्समा भाइरसको अंश भेटिएको कुरालाई क्रिश्चियन ग्रीबलरले पनि स्विकारे । यसबाट प्रोटिस्ट्सले भाइरस खान्छ भन्ने आसा जगाएको छ । जूलिया ब्राउनले माइनको खाडीमा १७०० वटा प्रोटिस्ट्सहरुको अध्ययन गरेकी छिन । यी १७०० प्रोटिस्ट्समा १० थरिका फरक फरक प्रोटिस्ट्सहरु थिए ।

यी सबैको डिएनए परीक्षण गरियो । यो परीक्षणबाट माइनको खाडीबाट निकालिएका मध्ये ५१ प्रतिशत र भूमध्य सागरबाट निकालिएका मध्ये ३५ प्रतिशत प्रोटिस्ट्सले ब्याक्टेरियोफेजका रुपमा भाइरस खाने रहस्य पत्ता लाग्यो ।

ब्याक्टेरियामा संक्रमण गराउन सक्ने भाइरसलाई ब्याक्टेरियोफेज भाइरस भनिन्छ । वैज्ञानिकहरुले चोआनोजोंस र पिकोजोंसको बारेमा अध्ययन गर्दा यीनीहरुका १०० प्रतिशत नमुनामा भाइरसको डिएनए सिक्वेन्स फेला पारे । यो तथ्यले प्रोटिस्ट्सले कुनै न कुनै रुपमा भाइरसलाई खान्छ भन्ने प्रमाणित हुन्छ ।

यस बारेमा क्रिश्चिय ग्रीबलरले भने, ‘चोआनोजोंसले ब्याक्टेरिया खान्छ भन्ने बिषय यसअघि नै प्रमाणित भैसकेको हो । तर पिकोजोंसको खानपानको विषय रहस्यकै रुपमा रहेको थियो । जुलिया र उनके टिमको अध्ययनले यसको फुड चेनको बारेमा एउटा किनारा देखाइदिएको छ । यसमा अझै थप अध्ययनका आवश्यकता छ ।’

भविष्यमा हुने भाइरसजन्य रोगको निदानका लागि यीनै सुक्ष्म जीवको सहयोग लिनु पर्ने अवस्था आउन सक्ने सम्भावनामा दम रहेको क्रिश्चियन ग्रीवलरले बताए । किनकी यो सुक्ष्म जीव ब्रम्हाण्ड भरि छ । यो कहिल्यै नष्ट र निर्मुल हुँदैन । यस बारे थप अध्ययन गर्ने हो भने यही सुक्ष्म जीवबाट थुप्रै खाले रोग निको पार्न सक्ने औषधि प्राप्त हुन सक्ने योरभ्युजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...