ललितपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

Corona 13 e1590631748141

काठमाडौँ । बिहीबार साँझ ललितपुरमा थप तीनजना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । दुई पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार दुई जनाको मेघा र एक जनाको बयोधा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुईजना ललितपुरका हुन भने एकजना भक्तपुरका हुन् । ​

मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ललितपुरकी ७० वर्षीया महिला र बिहीबार बयोधा अस्पताल भर्ना भएका ललितपुरकै ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यसैगरी मेघा अस्पतालमै असोज ५ गते उपचारका लागि भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ४५३ जनाको मात्र मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । ६९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा ५० हजार ४११ जनाले कोरोना जितेका छन् । देशभर अहिले १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार मात्र नेपालमा कोरोनाका कारण १७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...