सक्रिय संक्रमित २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

1581499665121

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार नेपालको स्वास्थ्य संस्थाहरुले २५ हजारभन्दा बढी कोरोना संक्रमितको भार थान्न नसक्ने भएकाले त्यो अवस्थामा लकडाउन नै नियन्त्रणको विकल्प भएको निष्कर्ष निकालेको हो। गौतमका अनुसार बुधबार नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ। बुधबार थप एक हजार एक सय ७२ जना संक्रमित भएका छन्।

मन्त्रालयले संक्रमणदर तीव्र गतिमा बढिरहेकाले बढिरहेकाले एक महिनासम्म धेरै मानिस जमघट हुने खालका कुनै पनि व्यवसाय वा कार्यक्रम नगर्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...