संक्रमित भन्दा निको हुनेको संख्या धेरै, एकैदिन १,८९३ संक्रमित निको भएर फर्किए घर

19 04 2020 coromukt 20205738

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ९३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ९३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

त्यस्तै, देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय १४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ४ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ९ हजार १ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...