जापानले बनायो कोरोना निको पार्ने अनौठो डिभाइस, के यसले कोरोना निको पार्छ त ?

Japan corona device

काठमाडौं । जापानको एक कम्पनीले 'अल्ट्राभ्वाइलेट ल्याम्प' लन्च गरेको छ । यो ल्याम्पले मानिसको शरीरमा भने कुनै पनि नोक्सानी नहुने वैज्ञानिकको दावी छ । तर, यो ल्याम्पले कोरोना भाइरसलाई पूर्णरुपमा नष्ट गर्नेछ ।

परम्परागत अल्ट्राभ्वाइलेट ल्याम्पले मानिसमा स्किन क्यान्सर लाग्ने सम्भावना बढी हुने र आँखाको समस्या पनि हुनसक्ने भएकाले जापानले मानिसमा असर नगर्ने खालको ल्याम्पको विकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानले विकास गरेको यो अल्ट्राभ्वाइलेट ल्याम्प संसारमै नयाँ खालको भएको दावी गरिएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार जापानको उशिओ नामको कम्पनीले नयाँ ल्याम्प लन्च गरेको छ । परम्परागत ल्याम्पले २ सय ५४ न्यानोमिटर वेभलेन्थबाट किरण फ्याँक्ने गरेकामा नयाँ डिभाइसले २ सय २२ न्यानोमिटरले वेभलेन्थ फँयाक्ने गर्छ । यसले मानिसमा नोक्सानी गर्दैन । तर यो डिभाइस निक्कै महंगो छ । यसको मूल्य झण्डै ३ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ ।

उशिओ जापानको प्रमुख लाइट इक्भिमेन्ट उत्पादन गर्ने कम्पनी हो । कोलम्बिया विश्व विद्यालयका वैज्ञानिकसँग मिलेर कम्पनीले कोरोनाविरुद्ध प्रयोग गर्न सक्नेगरी यो ल्याम्प तयार गरेको छ । यो ल्याम्पको नाम 'केयर २२२' राखिएको छ । बस, रेल, लिफ्ट र अफिसमा यो ल्याम्पको प्रयोग गरेर कोरोना मार्न सकिने वैज्ञानिकले बताएका छन् ।

जापानी वैज्ञानिकले यसको प्रयोगका बारेमा ल्याबमा परीक्षणसमेत गरेर व्यवसायका लागि अनुमति प्रदान गरिएको छ । हिरोसिमा विश्व विद्यालयमा यसको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा ५ मिनटमा ल्याम्पले ९९ प्रतिशत सफलता प्राप्त गरेको विश्व विद्यालयले जनाएको छ ।

अहिलेलाई जापानमा यो डिभाइस मेडिकल इन्स्टिच्युटका लागि उपलब्ध गराइएको छ । यो कम्पनीले तोसिबा कम्पनीसँग उत्पादनका लागि सम्झौता गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...