विश्वभर कोरोना २४ घण्टामा २ लाख ७० हजार बढी संक्रमित थपिए

Corona world

काठमाडौं । गत २४ घण्टामा २ लाख ७० हजार ७ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ६४ हजार १ सय बढी पुगेको छ ।

वर्ल्डोमिटरको तथ्याङ्क अनुसार ५ हजार ५ सय बढीले कोरोनाकै कारण गत २४ घण्टामा ज्यान समेत गुमाएका छन् । योसँग कोरोनाको कारण विश्भरमा ज्यान गुमाउनेको संख्या ९ लाख ७४ हजार ५ सय बढी रहेको छ ।

२४ घण्टामा भारतमा सबैभन्दा बढी ८० हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । भारतपछि अमेरिकामा ३५ हजार ३ सय, ब्राजिलमा ३५ हजार २ सय, अर्जेन्टिनामा १२ हजार, स्पेनमा १० हजार र फ्रान्समा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएका हुन् ।

यस्तै, कोलोम्बियामा ७ हजार, रसियामा ६ हजार, यूके मा ४ हजार, इराक र इण्डोनेसिमायामा पनि ४ हजार, इरानमा ३ हजार, मेक्सिको, यूक्रेन, इजराइल, नेदरल्याण्ड र मोरोक्कोमा २ हजार बढीका दरले गत २४ घण्टामा संक्रमितहरु थपिएका छन् ।

२४ घण्टामा १ हजार भन्दा बढी संक्रमित थपिने देशहरुमा नेपाल, टर्की, फिलिपिन्स, जर्मनी, बंगलादेश, इटाली, दक्षिण अफ्रिका, क्यानडा, बेलजीयम, कोस्टारिका, रोमानीया र चीली रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...