कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सैनिकको मृत्यु

Coronavirus death body

काठमाडौं । कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेना कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।

रामेछाप घर भई काठमाडौँमा सेवारत ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । उनको शव व्यवस्थापन समेत भइसकेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जना निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...