थप ८,७१ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या ४३,८२० पुग्यो

Corona niko discharge bhim hospital

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ३ सय ८३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ३६ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...