ललितपुरमा ३८ वर्षीय कोरोना भाइरस संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरको मेघा अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति भक्तपुरका हुन्।
३८ वर्षका उनको आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।
प्रतिकृया दिनुहोस