कोरोनामुक्त भए नेयमार

Football

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार कोरोना भाइरसबाट मुक्त भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध नेयमारले शुक्रबार आफु कोरोनाबाट मुक्त भएको बताएका हुन् ।

नेयमारले ट्वीटरमार्फत कोरोनामुक्त भएको बताएका हुन् । उनले प्रशिक्षणमा फर्किएको समेत बताएका छन् । एक साता अघि नेयमारसहित पीएसजीका एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भएको थियो ।

यस्तै पछिल्लो पटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ । उनीहरु आइसोलेसनमा बसेका छन् । महत्वपूर्ण खेलाडीहरु कोरोनाको शिकार भएपछि फ्रेन्च लिग वानको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजी अहिले बढुवा भएको क्लबसँगै पराजय बेहोर्नु परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...