विराटनगरमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

Covide deth

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्‍याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ७ः१० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए। उनका अनुसार महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपना लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या थिए ।

मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए। कोरोना संक्रमण पुष्टि भएको र समस्या झन् बढ्दै गएपछि उनलाई उपचारका लागि बिहीबार दिउँसो १ बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिए पनि स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि साँझ ६ः४५ बजेतिर थप उपचारका लागि कोभिड उपचार केन्द्रमा पठाइएको अस्पतालका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए।

तर आइसोलेसनबाट कोभिड उपचार केन्द्रमा थप उपचारका लागि पठाएको आधा घण्टा पुग्न नपाउँदै महिलाको मृत्यु भएको र धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको यादवको भनाइ छ।

महिलाले ज्यान गुमाएसँगै विराटनगरमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ। प्रदेश १ मा मात्रै हालसम्म ४४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १२ जना प्रदेश २ मा संक्रमण पुष्टि भएर उपचारका लागि प्रदेश १ का कोभिड अस्पतालमा ल्याइएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...