पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Covid test

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका चौरसियाले बताए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ।

बाराको कलैया उप महानगरपालिकामा दुईजना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ । यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...