भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

Corona death 1

काठमाडौं । चितवनमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका १ का ६४ वर्षीय पुरुष रहेका छन् । उनको आज साँझ भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा किड्नी सम्बन्धी समस्या तथा निमोनियाको संक्रमण समेत रहेकोअस्पतालले जनाएको छ ।

उनको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो । सास फेर्न गाह्रो भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...