वीरगन्जमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

Corona death 1

वीरगन्ज । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो ।

भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । डा.चौरसियाका अनुसार पछिल्लो समय गम्भीर किसिमको कोरोना देखिएका ती पुरुषको हृदयघातले मृत्यु भएको हो । उनी मधुमेहका समेत बिरामी थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...