३ डीआईजीसहित २३ सय प्रहरीमा कोरोना संक्रमण

Nepal police ytut6xolh5

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् । ९६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६६४ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १०८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...