कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

Deenbandhu shrestha samsad

सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।

अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु । सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...