स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै परिवारमा कोरोना संक्रमण, मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा
काठमाडौं । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना भएको छ । परिवारका एक सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्री ढकालको सचिवालयले मन्त्रीको परिवारका सदस्यमा कोरोना संक्रमण भएपछि मन्त्री ढकाल क्वारेन्टाइनमा बसेको जनाएको छ । मन्त्री ढकाल र परिवारका अन्य सदस्यको स्वाब परीक्षणको तयारी गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनासहित काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंका ३ जनासहित ९ जनाको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ ।
प्रतिकृया दिनुहोस