पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४६,२५७ पुग्यो

Coro1588135147764

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...