कोरोना नसार्न हातमा सेनिटाइजर दल्दा यसरी शरीरमा आगो लागेपछि...

Senitizer aagolagi

काठमाडौं । कोरोना भाइरसबाट बच्न सेनिटाइजर मानिसको जीवको एक हिस्सा नै भइसकेको छ । तर यसको प्रयोगका कारण कसरी गर्ने र यसका लागि कस्तो सावधानी अपनाउने भन्ने ख्याल गर्नुपर्ने भएको छ ।

अमेरिकाको टेक्सास राज्यमा सेनिटाइजरका कारण एक महिला अस्पतालको आइसीयूमा पुग्नु परेको छ । ती महिला मैनबत्ती जलाउने कोसिस गरिरहेकी थिइन् तर सेनिटाइजरले आगो टिप्दा उनी जल्न पुगिन् ।

टेक्सासको राउण्ड रकमा बसोबास गर्ने केट वाइजले आइतवार सेनिटाइजर लगाएकी थिइन् । उनी तीन छोरीहरु सहित आफूलाई कोरोना भाइरसबाट बचाउन चाहन्थिन् । यसै सन्दर्भमा उनी मैनबत्ती बाल्न तम्सिदा उनको हातमा आगोले टिप्यो । उनले आफ्नो हातमा सेनिटाइजर लगाएका कारण मैनबत्री सल्काए लगत्तै आगोले हातमा लगाइएको सेनिटाइजर बल्न थाल्यो ।

उनले आगोले हात बल्न थालेपछि नजिकै रहेको सेनिटाइजरको बोतलमा पनि आगो सल्किएको बताउँछिन् । सेनिटाइजरको बोलतमा आगो लाग्दा ठूलो धमाकाका साथ आगलागी भएको र ५ सेकेण्डभित्र उनको सम्पूर्ण शरीरमा आगो लागेको उनको भनाई छ ।

आमाको शरीर दन्दनी बल्न थालेपछि उनका छोरीहरु छिमेकीसँग सहयोगका लागि दौडिएका थिए । छिमेकीहरुको सहयोगमा उनलाई अस्पताल पुर्याइएको थियो । फायर डिपार्टमेन्टले आगलागीको कारण बारे अध्ययन गरिरहेको जनाएको छ । हातमा लगाउने सेनिटाइजर अत्यन्त प्रज्वलनशील हुने भएकाले यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने चिकित्सकहरुले सुझाव दिँदै आएका छन् ।

कोरोना भाइसरको रोकथामका लागि सेनिटाइजरको असलीपन जान्नु त्यतिकै जरुरी छ । नक्कली सेनिटाइजरले छालामा हानी पुर्याउने गरेका समाचारहरु हामीले सुन्ने गरेका छौं । सेनिटाइजरभन्दा साबुनपानीले मिचिमिची हात धुन स्वास्थ्यकर्मीको सुझाव हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...