कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

Corona death all use

काठमाडौं । पछिल्लो समयमा नेपालमा कारोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि नेपालमा ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा मोरङमा ४३ वर्षीया महिला, मकवानपुरमा ५२ वर्षीया महिला, नवलपरासीमा ३७ वर्षीया महिला, पर्सामा ७५ वर्षीय पुरुष, काठमाडौंमा ४१, ५९ र ६५ वर्षीय पुरुष, रुपन्देहीमा ४० वर्षीय पुरुष र महोत्तरीमा ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४१ जनासहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए । संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...