विराटनगरमा थप एक संक्रमितको मृत्यु

Corona death 1

विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यू भएको छ। शनिबार बिहान ११ बजे कोशी अस्पतालको आइसोलेसनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा.लक्ष्मीनारयण यादवले जानकारी दिए ।

मृतकको स्वाब परीक्षण गर्दा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म कोरोनाको कारण मोरङमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। शुक्रबार साँझ मात्र विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

एक जनाको कोशी अस्पतालको आइसोलेसनमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश १ मा हालसम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना प्रदेश २ का छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...