पर्साका ६ जनासहित १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि

Corona test

वीरगंज । नारायणी अस्पताल वीरगंजमा शुक्रवार परीक्षण गरिएको ५ सय ८० नमुना परीक्षणमा जम्मा १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ६ जना र रौतहटका १२ जना रहेका छन् । २० देखि ६५ वर्ष उमेर समूहका १८ संक्रमितमध्ये ४ जना महिला र १४ जना पुरुष रहेका छन् ।

पर्सा, बारा र रौतहटका कुल ५ सय ८० नमुनामध्ये पर्साका करिब २० प्रतिशत नमुनामध्ये १ सय १६ नमुना पर्सामा परीक्षण भएकोमा जम्मा ६ जना पोजिटिभ आएको नारायणी अस्पताल वीरगंजका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए । १८ जनामा सिटी भ्यालु २४ भन्दा माथि १० जना र सो भन्दा कम ८ जना रहेका छन् ।

पर्साको पर्सागढी नगरपालिका ४ मा २० वर्षे महिला, ४४ वर्षका पुरुष, जसौलीका ३२ वर्षका पुरुष गरी ३ जना, नबिल बैंक वीरगंजका २६, ४५ वर्षका दुई महिला र २० वर्षका एक पुरुष गरी ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । जितपुर सैनिक ब्यारेकका ३ जना सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका ३ जना सुरक्षाकर्मी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कूल १२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...