सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै

Person with coronavirus coughing 23 2148491582 4hvucorbkb.jpg.405x290 q100 crop

कैलाली । सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । १ हजार १८३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आइसोलेसनमा छन ।

प्रदेशका ९ वटै जिल्लामा १०० आइृसोलेसन सेन्टरमा ३ हजार ९१८ बेडहरु छन । सो बेडमा २ सय ६८ पुरुष र १ सय ८१ म्हिला र होम आईसोलेसनमा १ सय ५७ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटी लाई जानकारी दिए ।

हालसम्म ५ हजार १११ जना संक्रमित निको भएर घर गएका छन । शुक्रबार बिभिन्न अस्पतालबाट ६९ जना कोरोना जितेर घर गएको उनले बताए । यसअघि नै ११ जना संक्रमितको मृत्यु भइसकेको छ । अझै प्रदेशमा ८ सय ५४ जना सकृय संक्रमित रहेका छन । अछाम ७४, बैतडी५६, बझाङ्ग १०८, बाजुरा ८, डडेल्धुरा २०, दार्चुला ९, डोटी ८९, कैलाली ४३८ कंचनपुर ५२ जना सकृय संक्रमित रहेको उनले बताए ।

६५ हजार ६९८ नमुना जाच मध्य ५ हजार ९७६ मा संक्रमण पुस्टी भईसकेको छ भने ५९ हजार ७२२ नमुना नेगेटिभ आएको छ । ८ सय ५४ नमुनाको रिजल्ट आउन बाँकी छ । बितेको २४ घण्टामा बिभिन्न अस्पतालको कोरोना प्रयोग शालाबाट गरिएको नमुना परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुस्टी भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...