कोरोनाको संक्रमणबाट थप ४ जनालको मृत्यु

Corona death 1

काठमाडौं । कोरोना भाइरसबाट थप ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गएराति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ । उनको पनि गएराति नै मृत्यु भएको हो । यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले जानकारी दिए । उनीहरु दुबैको गएराति मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...