बैंक कर्मचारीसहित बारा र पर्साका थप १८ जनामा कोरोना संक्रमण

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौँ । बारा र पर्सामा बैंकका कर्मचारी, सेना, प्रहरीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

संक्रमण देखिनेमा पर्साका ६ र बाराका १२ जना रहेका छन् । नबिल बैंक वीरगञ्ज शाखाका दुई महिला र एक पुरुष गरी तीनजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

यस्तै पर्सागढी नगरपालिका ४ का दुईजनामा समेत संक्रमण भएको पाइएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा ६ जना, जिल्ला प्रहरी कार्यालयका तीन, जीतपुर आर्मी ब्यारेकका तीन जनामा समेत संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...