पुल्चोक झडपमा सहभागी १८ जना प्रहरीलाई कोरोना संक्रमण

रातो मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी तनावमा

Ratha yatra sathagit

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा बिहीबार ललितपुरको पुल्चोक तनावपूर्ण बन्यो । स्वतःस्फुर्त रुपमा भएको भनिएको रथ यात्राका क्रममा झडप भएपछि थप झडप नहोस् भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म भनेर कर्फ्यु लगायो । प्रहरीले धार्मिक आस्थामाथि हस्तक्षेप गरेको भनेर चौतर्फी आलोचना पनि भयो ।

सो आन्दोलनमा स्स्थानीयको समेत उल्लेख्य सहभागीता रहेका कारण स्थानीय प्रशासनलाई भीड रोक्न निक्कै सकस बन्यो । दिनभर पुल्चोक क्षेत्र तनावपूर्ण बन्यो । कर्फ्युपछि केही हदसम्म प्रशासनलाई तनाव कम भएको छ । तर सो भीडमा रहेकामध्ये १८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तीमध्ये बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् ।

ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...