कोरोना संक्रमणले भयावह बन्दै काठमाडौं, पछिल्लो २४ घण्टामै उपत्यकामा ४५४ जनामा संक्रमण

Kathmandu vally

काठमाडौं । पछिलोपटक काठमाडौं उपत्यकाभित्र कारोना संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेकै बेला झन उपत्यकाभित्र संक्रमित बढेको बढ्यै छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १३ सय ५४ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...