केन्द्रीय कारागारमा मृत्यु भएका ३ जना कैदीको मृत्युपछि कोरोना पुष्टि

Central jail ktm

काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारमा मृत्यु भएका ३ जना कैदीहरुको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

भदौ १६ गते मंगलबार पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो । उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको हो । उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए । तीनै जनामा दिर्घ रोग पनि थिए ।

यसअघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ ।

कोरागारमा कोरोना संक्रमितको संख्या पनि बढेको बढ्यै छ । हालसम्म केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...