यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सर, बच्ने कसरी ?

Breast cancer symptoms2019 11 26 12 27 18

काठमाडौँ । कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ । स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ । महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने गर्दछ । स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ ।

यस्ता छन् स्तन क्यान्सरका लक्षणहरु
१) स्तनमा नदुख्ने गाठो आउनु ।
२) स्तनको मुन्टाबाट रगत बग्नु ।
३) स्तनको मुन्टा भित्र पस्नु ।
४) छालामा निको नहुने घाउ आउनु ।
५) काखीमा गाँठो आउनु ।
६) स्तनको रङ परिवर्तन हुनु ।

स्तन क्यान्सर विभिन्न कारणले हुने गर्दछ । जसमध्ये मुख्य कारण निम्न छन् ।
१) स्तनपान नगराउँदा
स्तनपान गराउने आमाले शिशुलाई दूध नखुवाउँदा पनि स्तन क्यान्सरको संभावना हुन्छ ।
२)सन्तान नभएका महिला
सन्तान नभएका महिला वा बढि उमेरसम्म बच्चा नजन्माउने महिलामा पनि स्तन क्यासर हुनसक्छ ।
३) वंशाणुगत
रगतका नातामध्ये परीवारका कोहि एक सदस्यमा भए वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ ।
४) हर्मोनको गडबढी
महिलाहरुमा हुने हर्मोनहरुमा गडबडीका कारणले पनि स्तन क्यान्सर हुने संभावना हुन्छ ।
५) नशालु पर्दागको सेवन
नियमित मदिरा वा नशाजन्य पर्दागको सेवन गर्ने महिलामा समेत स्तन क्यान्सरको संभावना हुन्छ ।
६) परिवार नियोजनको साधन
कतिपय अवस्थामा परिवार नियोजनका साधनहरुले पनि महिलामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।
७) महिनावारीको अनियमितता
नियमित महिनावारी नभए वा महिनावारी अनियमित भएका महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्छ ।
त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई वेवास्ता गर्नु हुदैन । स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ ।

बच्ने कसरी ?
स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ । प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ । समय समयमा चेक जाँच गराउने गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...