बैतडीमा एक महीनामा ४९ जना स्क्रब टाइफसका बिरामी भेटिए

Sekarfu

बैतडी । बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस देखिएको छ ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरूमा उपचारका लागि पुगेका व्यक्तिहरूको परीक्षण गर्दा स्क्रब टाइफस दे खिएको जोशीले बताए । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको संक्रमण पाइएको थियो । यो वर्ष भने एक महीनाकै अवधिमा ४९ जनामा यो रोगका संक्रमित फेला परेका हुन् ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । झाडी, भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस्तै जिल्लामा डेंगुका बिरामी पनि भेटिन थालेका छन् । दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेंगु संक्रमित भेटिका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...