ब्राजिलमा कोरोनाबाट एक लाख २४ हजारको मृत्यु, ४० लाख संक्रमित

Bfd099122f944faaa452613f8689ba89

काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना संक्रमण रोकिने संकेत देखिएको छैन ।अहिलेसम्म ब्राजिलमा कुल संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार ब्राजिलमा २४ घण्टामा ४४ हजार ७२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ४० लाख ४६ हाजर १५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८३० जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आफ्नो अपडेटमा जानकारी गराएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट ज्यान जानेको संख्या एक लाख २४ हजार ७२९ पुगेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ३२ लाख ४७ हजार ६१० संक्रमित ठिक भएका छन् । अहिले ब्राजिलमा ६ लाख ७३ हजार ८११ सक्रिय संक्रमित रहेको बताइएको छ । जसमा ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ । ब्राजिल विश्वमा कोरोनाबाट अमेरिकापछि दोस्रो सबैभन्दा धेरै प्रभावित देश हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...