जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि

Bhupendra thapa

सुर्खेत । पछिल्लोपटक कर्णालीमा कोरोना संक्रमितक संख्या बढेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भएको बताए ।

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेशनमा बसेका छन् ।

एक दिनअघि मात्रै जिल्लाको कारागारका कैदीबन्दी सहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको पनि त्यहीसँगै स्वाब परीक्षण गरिएको थियो । तर उनको नतिजा भने नेगेटिभ आएको छ ।

कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफैं सङ्क्रमित भएपछि आइसोलेशनमा बसेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले आफू सङक्रमित भएपछि आइसोलेशनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । उनले आफू चाँडै सेवामा फर्किने आशा पनि व्यक्त गरेका छन् ।

यता, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिबार १८ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार दैलेखका ७ जना, सुर्खेतका ६ जना, कालीकोट र दाङका दुईरदुईजना र बाँकेका एकजनामा संक्रमण देखिएको छ ।

बिहीबार दैलेखका कोरोना पुष्टि हुनेहरूमा नारायण नगरपालिका १, का दुई जना महिला र दुई जना पुरुष रहेका छन । ढुङ्गेश्वर गाउँपालिका २, का दुईजना पुरुष र महाबु गाउँपालिका ६, का एकजना पुरुष रहेका छन् ।

यसैगरी सुर्खेत वीरेन्द्रनगर वडा नं. ६, ९, ११ र १२ का तीन जना पुरुष, दुईजना महिला रहेका छन् । त्यस्तै चौकुने गाउँपालिका वडा नं।(१२, का एकजना पुरुष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २५६९ पुगेको छ ।

कर्णालीमा बिहीबार थप ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २२०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३६२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...