पछिल्लो २४ घण्टामा ११२० जनामा भेटियो संक्रमण, संक्रमितको संख्या साँढे ४१ हजार नाघ्यो

Corona1 copy

काठमाडौं । देशका अधिकांस स्थानमा निषेधाज्ञा र लकडाउन जारी रहेकै बेला देशभर कोरोना संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...