बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
डा. सापकोटाका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो ।
मदौ ९ गते कोरोना पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । यससँगै प्रतिष्ठानमा कोरोना भाइरस उपचारका क्रममा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ बाट २३ र प्रदेश २ बाट १० जना रहेका छन् । यो सँगै प्रदेश १ मा हालसम्म कोभिड १९ का कारण ३३ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस