पछिल्लो २४ घण्टामा ८ सय ९९ संक्रमित थपिए, कुल संख्या ३९,४६० पुग्यो

Corona psycho

काठमाडौँ । मुलुकभर थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ८ सय ९९ संक्रमित थपिएका छन् । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता डा. गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...