सुदूरपश्चिम प्रदेशमा ८ सय १४ जना सक्रिय संक्रमित

Corona test19

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ८ सय १४ पुगेकोे छ । आइतबार विभिन्न अस्पतालमा गरिएको परीक्षणमा १०० जना कोरोना संक्रमितम थपिएसँगै सक्रिय संक्रमितको संख्या ८ सय १४ पुगेको हो ।

सक्रिय संक्रमितमध्य अछाममा १०३, बैतडीमा ४७, बझाङमा ८८, बाजुरामा ८, डडेल्धुरामा १७, दार्चुलामा७, डोटीमा ११९, कैलालीमा ३६२ र कञ्चनपुरमा ६३ गरी ८१४ रहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । यसअघि नै प्रदेशमा ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म पिसिआर बिधिबाट ६० हजार ७८९ नमुना जाँच भएकोमा ५५ हजार ३५ नमुना नेगटिभ छन् भने ५ हजार ७५४ मा पोजिटिभ देखिएको छ । नमुना संकलन भएका मध्य अझै पनि २ हजार ६६ नतिजा आउन बाँकी छ । हालसम्म प्रदेशमा ४ हजार ९२९ संक्रमित निको भएर घर गएका छन् भने आइतबार मात्र अछामबाट ८२ र कञ्चनपुरबाट ७ जना निको भएर घर गएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...