भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै, एकैदिन थपिए ७९ हजार बढी संक्रमित

India.2020 08 01 08 40 47

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ७० हजार भन्दा बढीको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार ४ सय ५७ जना कोरोना संक्रमित फेला परेका छन् ।

यसअघि एकैदिन भारतमा ७८ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएको थियो। यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९ सय ६० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार ६ सय १७ पुगेको छ ।

त्यस्तै हालसम्म २७ लाख ७२ हजार ९ सय २८ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...