कोरोना संक्रमणबाट धरानका आमाछोरोको एकैदिन मृत्यु

Corona death all use

धरान । कोरोना संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिकामा आमा छोराको एकै दिन मृत्यु भएको छ । योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ मात्रै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए ।

उपचारको क्रममा आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका –१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोरा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...