ललितपुर र भक्तपुरमा २ जना संक्रमितको मृत्यु

Coronavirus death body

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं र भक्तपुरमा गरी २ जनाको मृत्यु भएको छ । एक जनाको होम आइसोलेसनमै र एक जनाको ललितपुरको पाटन अस्पिटलमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भइ होम आइसोलेसनमा थिए ।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखिएको थियो । मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको जनाएको छ ।

होम आइसोलेसनमै बसेका बेला ती पुरुषको शनिबार राति मृत्यु भएको भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।

यता, शनिबार राति पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...