कोरोना सक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु

Corona death 1

चितवन । चितवनमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको शनिबार अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि चितवन मेडिकल कलेजमै बाराकी एक महिलाको शनिबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...