रक्षामन्त्री पोखरेललगायतका ३ जना मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

1598709630 70y3v

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतका ३ जना मन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रक्षामन्त्री पोखरेललगायतका मन्त्रीहरु सेल्फ आइसोलेसनमा बसेका थिए ।

शनिवार रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । गत आइतबार भएको सीसीएमसीको सचिवालय बैठकमा संक्रमित कर्मचारी सहभागी भएका थिए । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेकपाको सचिवालय बैठक पनि यही भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...