नेपालमा संक्रमितको संख्या ३७ हजार क्रस, पछिल्लो २४ घण्टामा थपिए ८८४ जना संक्रमित

Corona test19

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ सय ८६ जना काठमाडौं उपत्यकाका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ ८ सय ८४ संक्रमितसहित देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जानकारी दिए । संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रदेश नं १ अन्तर्गत
इलाममा १

झापामा २०

धनकुटामा १९

मोरङमा ३१

सङ्खुवासभामा ३

सुनसरीमा २४


प्रदेश नं २ अन्तर्गत
धनुषामा ४९

पर्सामा ७३

बारामा २१

महोत्तरीमा २६

रौतहटमा ५

सप्तरीमा २

सर्लाहीमा ८३

सिराहामा २२

वाग्मती प्रदेशअन्तर्गत
काठमाडौंमा १५५

काभ्रेपलाञ्चोकमा १९

चितवनमा ५७

दोलखामा १

धादिङमा ९

भक्तपुरमा १२

ललितपुरमा १९

मकवानपुरमा ९

सिन्धुपाल्चोकमा १

गण्डकी प्रदेशअन्तर्गत
कास्कीमा ३

नवलपरासीपूर्वमा २३

लमजुङमा २९

प्रदेश नं ५ अन्तर्गत

कपिलवस्तुमा २

गुल्मीमा १

दाङमा १९

नवलपरासी पश्चिममा १०

बाँकेमा २०

रुपन्देहीमा १६

कर्णाली प्रदेशअन्तर्गत
जाजरकोटमा १

जुम्लामा १

दैलेखमा १

रुकुमपश्चिममा १

सुर्खेतमा १०

 

सुदूरपश्चिम प्रदेशमा
कञ्चनपुरमा १७

कैलालीमा १९

दार्चुलामा ३

बझाङमा २६

बैतडीमा २१

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...