वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

Corona death all use

वीरगन्ज । वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् ।वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ । शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मृत्युपछि कोरोना पुष्टि
वीरगन्जको नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका –१२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि ती महिलाको स्वाब संकलन गरी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाइ शुक्रबार अपरान्ह नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार साँझ साढे ५ बजे उनको मृत्यु भएको थियो ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो ।

एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए । निमोनियाको समस्या भएपछि उनलाई ४ दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो । त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

थप ३ जनाको मृत्यु भएसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । साउन यतामा मात्रै ४४ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...