चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

Covid test

चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो।

चितवनका १५ जना भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना हुन्। भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी संक्रमित महिला रहेका छन् ।

संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ। रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन्।त्यसैगरी, मकवानपुरका १, गोरखाका दुई, नवलपुरका १ र सप्तरीका २ जनामा संक्रमण देखिएको छ।

त्यस्तै दैलेख, बारा र गुल्मीका एक–एक पुरुष तथा सुर्खेत र मोरङका एक–एक महिलामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् । अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो। जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो।भरतपुर अस्पतालमा कोरोना संक्रमितले जुम्ल्याहा जन्माएकी छिन्।

गोरखा नगरपालिका वडा नम्बर १० की ३७ वर्षीया महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएको अस्पतालका चिकित्सक डा। रामप्रसाद सापकोटाले जानकारी दिए । उनले बुधबार जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।

शल्यक्रिया गरेर जन्मेका जुम्ल्याहा छोरा र आमाको स्वास्थ्यअवस्था सामान्य छ । बच्चालाई संक्रमण सर्ने खतराका कारण छुट्टाछुट्टै राखिएको छ । दौ ८ गते कोरोना पुष्टि भएकी महिलालाई ९ गते भर्ना गरिएको थियो । डा. सापकोटाका अनुसार आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र बच्चालाई भेट्न दिइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...