बनेपामा एउटै वडाका १०३ मा कोरोना सङक्रमण

Covid test

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो । शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङघीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको उक्त क्षेत्रमा सङक्रमणको दर बढ्दो छ ।

वडाले उक्त क्षेत्र सिल गरेको भए पनि पर्याप्त सुरक्षा विधि नअपनाउँदा सङक्रमण दर बढ्दो रहेको छ । इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । योसँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टिको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले उक्त क्षेत्रमा कोरोना सङक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मी परिचालित गरिएको बताउनुभयो । उहाँले नागरिकलाई सचेत रहन अपिल गर्नुहुँदै समुदाय र नागरिक समाजको सहयोगले मात्र सङक्रमण नियन्त्रणमा लिन सकिने भन्दै सहयोगको आग्रह गर्नुभयो ।

जिल्लाको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीसहित ३१ जनामा सङक्रमण भइसकेको छ भने २२ प्रहरीमा सङक्रमण पुष्टि भएको  छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...