देशैभर कोरोना संक्रमितको संख्या ह्वातै बढ्यो, २४ घण्टामा ९२७ जनामा कोरोना पुष्टि

878976546

 काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित १६ हजार १९  रहेको छ। हाल देशभर क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँ ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...