बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग

661930280sahayog

काठमाडौं । बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग भएको छ । बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग गरेको हो । उनीहरुले बिहिबार संयुक्त रुपमा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकामा उक्त औषधि हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको उपचारका लागि उनीहरुले औषधि सहयोग गरेको बेक्सिम्को फार्मास्युटिकल्सका नेपालको आधिकारिक बिक्रेता हाम्रो मेडिकन्सर्नका प्रबन्ध निर्देशक शंभु कार्कीले बताए । उक्त औषधि आगामी सातासम्म नेपाल आइपुग्ने उनले जानकारी दिए । नेपाल भित्रने बित्तिकै उक्त औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...