पहिलोपटक कोरोना संक्रमणबाट गर्भवतीको मृत्य : मृतकको संख्या बढ्दै, आज ५ जनाको मृत्यु

बुटवलमा प्लाज्मा थेरापी गरिएकी महिलालाई बचाउन चिकित्सक असफल

Coronavirus death body

काठमाडौं । नेपालमा पहिलोपटक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित २३ वर्षीय गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ ।

ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको चौरसियाले बताए । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

उनीसँगै बिहीबार वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको अस्पतालमा पर्साका २ जनाको मृत्यु भएको हो ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नं. १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए ।

मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए ।

यसअघि बुधबार राति नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका –३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

पोखरामा १ को मृत्यु
पोखरामा ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा ११ की ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

ती महिलाका बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । तनहुँको बन्दीपुर घरभइ पोखरा बस्ने ती महिलामा संक्रमणको स्रोत खुलेको छैन ।
बुटवलमा महिलाको मृत्यु

यता, बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा. साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् ।

ललितपुरमा पुरुषको मृत्यु
ललितपुरको किष्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...